माइखोला र मोदी इनर्जीलाई आइपियो जारी गर्ने अनुमति

माइखोला र मोदी इनर्जीलाई आइपियो जारी गर्ने अनुमति


नेपाल धितोपत्र बोर्डले दुई जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको छ। बोर्डले  माई खोला हाइड्रोपावर र मोदी इनर्जी लिमिटेडलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो। 

माई खोला हाइड्रोपावरले चुक्तापुँजीको ४९ प्रतिशत र मोदी इनर्जीले २५ प्रतिशतबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको बोर्डले जनाएको छ ।

बोर्डवाट अनुमति पाएसँगै माई खोला हाइड्रोपावरले १०० अंकित दरका कुल १९ लाख २१ हजार ५६ हजार ८०० कित्ता र मोदी इनर्जीले ७२ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुलाउन पाउनेछन । दुवैले कम्पनिले प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछन्। 

आईपीओ बिक्री प्रबन्धकमा माई खोलाको प्रभु क्यापिटल र मोदी इनर्जीको सनराइज क्यापिटल कायम भएका छन्। 

Logo