एकीकृत समाजवादीकाे सचिवालय बैठक सुरु

एकीकृत समाजवादीकाे सचिवालय बैठक सुरु


नेकपा (एकीकृत समाजवादी)काे सचिवालय बैठक सुरु भएको छ । 

राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको हो । 

बैठकमा राष्ट्रपतिमा काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नेगरी काँग्रेससहित ८ दलीय गठबन्धनमा आवद्ध भएको सो पार्टीले बैठकमा सरकारमा सहभागिताका लागि आफ्नो हिस्सेदारीको विषयमा पनि छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा एमालेको सहभागिता पनि हुन आवश्यक रहेको धारणा राख्दै आएका छन्  ।

Logo