#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30651125955184738776422308177
नेपाल615933901738343820

ग्लोबल आईएमई बैंकको जन्मभूमि घर कर्जा

काठमाडौं,

ग्लोबल आईएमई बैंकले वैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरूलाई लक्षित गरी ग्लोबल आईएमई जन्मभूमि घर कर्जा ल्याएको छ ।

यस नयाँ योजना अन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरू र उनका परिवारका सदस्यलाई आवश्यक कागजात पेस गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराइनेछ ।

न्यूनतम ब्याजदरमा सुलभ र सहज रूपमा प्राप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट भित्र्याउन मद्दत पुग्नेछ । यो घर कर्जा वैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारतसहित विभिन्न देशमा बस्ने नेपालीहरूका परिवारलाई प्रदान गरिनेछ ।

जन्मभूमि घर कर्जा ग्लोबल आईएमई बैंकको सबै शाखाबाट प्राप्त हुनेछ । यस सम्बन्धी थप जानकारी ग्लोबल रेमिटका विभिन्न देशमा रहेका कार्यालयहरू तथा ग्लोबल आईएमई बैंकका वैदेशिक सम्पर्क कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले १ सय ५० वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, १ सय ५० एटीएम, १ सय ९४ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार