#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
संयुक्त राष्ट्रसंघ । प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३ सय २० बालबालिका र किशोर किशोरीहरूको मृत्यु भएको पाइएको छ । युनिसेफले मङ्गलबार सार्वजनिक गरेको विश्वभरीको तथ्याङ्क अनुसार हरेक घण्टा १३ जनाकाे मृत्यु हुने गरेको हो ।पर्याप्त उपचारको व्यवस्था नहुनु, उपचारमा पहुँचको अभावलगायतका कारणले उनीहरुको मृत्यु भएको जनाइएको छ । सन् २०१८ मा १४ वर्षसम्मका ५४ प्रतिशत अर्थात् ७ लाख ९० हजार बालबालिका एचआइभी सहित बाँचेका छन् । उनीहरूले विभिन्न उपचार विधि अपनाएको युनिसेफले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । विरामीलाई औषधी उपचारका लागि सबैभन्दा धेरै पहुँच दक्षिण एसियामा रहेको पाइएको युनिसेफले जनाएको छ । दक्षिण एसियामा ९१ प्रतिशत विरामीको पहुँच छ भने त्यसपछि धेरै मध्यपूर्व र उत्तर अफ्रिकामा देखिएको छ । त्यहाँ ७३ प्रतिशत विरामीको पहुँच देखिएको छ ।त्यसैगरी पूर्वी तथा दक्षिण अफ्रिका, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा ६१ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेबिनमा ४६ प्रतिशत र पश्चिम तथा मध्य अफ्रिकामा २८ प्रतिशत विरामीलाई मात्रै औषधी उपचारमा पर्याप्त पहुँच भएको युनिसेफले जनाएको छ । सन् २०१८ मा एचआईभी एड्सबाट संक्रमित भएका नौ वर्षसम्ममा एक लाख ६० हजार नयाँ विरामी थपिएका छन् । विश्वभरी अहिले यही उमेर समूहका एचआईभी संक्रमित बालबालिकाको संख्या ११ लाख रहेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ । रासस/सिन्ह्वा

एड्सका कारण विश्वभर दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु

संयुक्त राष्ट्रसंघ । प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३ सय २० बालबालिका र किशोर किशोरीहरूको मृत्यु भएको पाइएको छ । युनिसेफले मङ्गलबार सार्वजनिक गरेको विश्वभरीको तथ्याङ्क अनुसार हरेक घण्टा १३ जनाकाे मृत्यु हुने गरेको हो ।

पर्याप्त उपचारको व्यवस्था नहुनु, उपचारमा पहुँचको अभावलगायतका कारणले उनीहरुको मृत्यु भएको जनाइएको छ । सन् २०१८ मा १४ वर्षसम्मका ५४ प्रतिशत अर्थात् ७ लाख ९० हजार बालबालिका एचआइभी सहित बाँचेका छन् । उनीहरूले विभिन्न उपचार विधि अपनाएको युनिसेफले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । विरामीलाई औषधी उपचारका लागि सबैभन्दा धेरै पहुँच दक्षिण एसियामा रहेको पाइएको युनिसेफले जनाएको छ । दक्षिण एसियामा ९१ प्रतिशत विरामीको पहुँच छ भने त्यसपछि धेरै मध्यपूर्व र उत्तर अफ्रिकामा देखिएको छ । त्यहाँ ७३ प्रतिशत विरामीको पहुँच देखिएको छ ।

त्यसैगरी पूर्वी तथा दक्षिण अफ्रिका, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा ६१ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेबिनमा ४६ प्रतिशत र पश्चिम तथा मध्य अफ्रिकामा २८ प्रतिशत विरामीलाई मात्रै औषधी उपचारमा पर्याप्त पहुँच भएको युनिसेफले जनाएको छ । सन् २०१८ मा एचआईभी एड्सबाट संक्रमित भएका नौ वर्षसम्ममा एक लाख ६० हजार नयाँ विरामी थपिएका छन् । विश्वभरी अहिले यही उमेर समूहका एचआईभी संक्रमित बालबालिकाको संख्या ११ लाख रहेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ । रासस/सिन्ह्वा

सम्बन्धित समाचारहरु