एनआईसी एशिया लघुवित्तद्वारा लाभांश घोषणा

एनआईसी एशिया लघुवित्तद्वारा लाभांश घोषणा


एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । 

कम्पनीको फागुन २१ गते आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई करसहित १४ दशमलव ७५ प्रतिशत नगद लाभांश  दिने भएको छ । तर, बोनस सेयर भने वितरण नगर्ने भएको हो ।

उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ ।

Logo