#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30691232956396740102722333809
नेपाल615933901738343820

अल्बानिया भूकम्पमा मृत्यु हुनेको संख्या २२ पुग्यो

अल्बानिया,

अल्बानियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । ४० जना घाइते छन् ।

प्रहरी तथा अन्य सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन् । अल्बानियाको उत्तर पश्चिम क्षेत्रमा मंगलबार गएको भूकम्पका कारण थुप्रै भवन र भौतिक संरचना भत्किएका थिए ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार यहाँ गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प ९९ वर्ष यताकै सबैभन्दा ठूलो हो ।

ग्रिसमा पनि शक्तिशाली भूकम्प

ग्रिक टापु क्रिटेमा शक्तिशाली भूकम्प गएको छ । बुधबार ६ दशमलब १ म्याग्निच्युडको भूकम्पले देशका केही भूभाग हल्लाएको थियो । तर कुनै मानवीय क्षति नभएको यहाँका अधिकारीले जनाएका छन् । स्थानीय समय अनुसार बिहान ९ बजेर २३ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । अल्बानियामा भूकम्प गएको भोलिपल्टै ग्रिसमा भूकम्पको धक्का महसुश भएको हो ।

एजेन्सी

सम्बन्धित समाचारहरु

ताजा समाचार