डर्टमण्डलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

डर्टमण्डलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश


चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

जर्मन क्लब बोरूसिया डर्टमुन्डमाथि दोस्रो लेगमा २–० को तथा समग्रमा २–१ को जित निकाल्दै इंग्लिस क्लब चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो। पहिलो लेगमा १–० गोल अन्तरले पराजित चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा उत्कृष्ट पुनरागमन गरेको हो।

गएरातिको खेलमा चेल्सीलाई जिताउन रहिम स्टर्लिङ र काई हाभर्टजले १–१ गोल गरे। खेलको ४३ औं मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए। ५० औं मिनेटमा काई हाभर्टज पेनाल्टी चुकाए पनि ५३ औं मिनेटमा रि पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।

बेन चिलवेलले क्रस गरेको बलमा मारिअस वल्फबाट ह्यान्ड भएपछि रेफ्रीले भिएआरको सहायतामा चेल्सीलाई पेनाल्टी प्रदान गरेका थिए। दुई गोलले पछि परेको डर्टमुन्डले घरेलु टोलीमाथि बल पोसेसन राखेर दवाव बढाए पनि गोल गर्न नसक्दा अन्तिम १६ बाटै बाहिरियो।

Logo