राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्रको व्यवस्था (नमुना पत्रसहित)

राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्रको व्यवस्था (नमुना पत्रसहित)


आज  हुने राष्ट्रपति निर्वाचनको निम्ति अलग–अलग दुईवटा मतपत्र  व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले व्यवस्था  गरे अनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग–अलग मतपत्र मतपत्रको व्यवस्था गरेको छ । रातो संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सांसदलाई दिइने आयोगका सह सचिव तथा प्रवक्ता  शालिकराम पौडेलले जानकारी दिएका छन् ।

मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।

 नमुना मतपत्र हेर्नूहोस्

 

Logo