अमेरिकी डलरको भाउ उकालो लाग्दा, युरो भने घट्यो

अमेरिकी डलरको भाउ उकालो लाग्दा, युरो भने घट्यो


आज अमेरिकी डलर २४ पैसाले उकालो लागेको छ। यसअघि बुधबार स्थिर रहेको अमेरिकी डलरमा आज वृद्धि भएको हो । 

विहीबार यसको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा तोकिएको छ। बुधबार भने अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ७६ पैसा  र बिक्री मूल्य १३१ रुपैयाँ ३६ पैसा तोकिएको थियो। विहीबार युरोपियन युरो १ रुपैयाँ ३९ पैसाले घटेको छ। आज युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ। बुधबार युरोको खरिद मूल्य १३९ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य १४० रुपैयाँ ९ पैसा तोकिएको थियो।

यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७५ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा आज २ रुपैयाँ ५ पैसाले ओरालो लागेको छ। बुघबार यसको खरिद मूल्य १५७ रुपैयाँ ८ पैसा र बिक्री मूल्य १५७ रुपैयाँ ८० पैसामा किनबेच भइरहेको थियो। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ७८ पैसाले यसको मूल्य घटेको हो। 

बुधबार अष्ट्रेलियन डलर एकको खरिद ८७ रुपैयाँ २५ पैसा र बिक्री ८७ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ २२ पैसा र बिक्रीमा ९५ रुपैयाँ ६५ पैसामा कारोबार भइरहेको छ। बुधबार भने क्यानेडियन डलरको खरिदमूल्य ९५ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ४१ पैसामा कारोबार भएको थियो। 

यसैगरी विहीबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ९५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८ पैसा कायम गरिएको छ। विहीबारका लागि कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ११ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ७ पैसामा किनबेच हुनेछ।

Logo