तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा चुनिए सी चिनफिङ

तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा चुनिए सी चिनफिङ


सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् । 

बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग(सीएमसी)को अध्यक्षमा चयन गरेको हो ।

राष्ट्रपतिका लागि चिनफिङ एक्ला उम्मेदवार थिए। संसदका तीन हजार बढी सदस्यले विद्युतीय मतदान गरेका थिए।

गणतान्त्रिक चीनमा माओ त्सेतुङ पछि तेस्रो कार्यकाल राष्ट्रप्रमुख बन्ने सी पहिलो व्यक्ति हुन्। तेस्रो पटक राष्ट्रपति चयन भएसँगै ६९ वर्षीय सीलाई चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेरिएको छ । पहिलोपटक मार्च, २०१३ मा चीनको राष्ट्रपति बनेका उनी सन् २०१८ मा दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निरन्तरता पाएका थिए । 

Logo