युएईविरुद्ध ५ विकेट लिएका ललित भन्छन्- जितको सदस्य बन्दा खुशी लाग्याे

युएईविरुद्ध ५ विकेट लिएका ललित भन्छन्- जितको सदस्य बन्दा खुशी लाग्याे


यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा सर्वाधिक ५ विकेट निकालेका स्पिनर ललितनारायण राजवंशीले जितको सदस्य बन्दा खुशी लागेको प्रतिक्रिया दिएका छन् । 

आइतबार आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृङ्खलामा भ्रमणकारी टोली युएईविरुद्ध १७७ रनको फराकिलो जित निकाल्ने क्रममा राजवंशीले एक्लैले ५ विकेट लिएका थिए । त्यसपछिको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । 

उनले आफू टिम बाहिर रहेपनि टोलीको जितमा निकै खुशी भएको र टिम पर्नैपर्ने आकंक्षा आफूमा नभएको बताए । एक दिवसीय मान्यता पाएसँगै नयाँ खेलाडीले अवसर पाउने र नेपालले अन्य बलिया टोलीसँग अनुभव बटुल्ने अवसर मिल्ने पनि उनले बताए । 

लिग–२ अन्तर्गत नेपालले अब दुई खेल खेल्न बाँकी छ । यसैअन्तर्गत नेपालले सोमवार अर्को भ्रमणकारी टोली पपुवा न्युगिनी (पिएनजी)सँग खेल्नेछ । नेपालले अब दुई खेलमा सुखद् नतिजा निकाले विश्वकप छनोट खेल्ने मौका बनाउनेछ ।

Logo