मेट्रो सुपर मार्केटमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

मेट्रो सुपर मार्केटमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट


मेट्रो सुपर मार्केटले वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट उपलब्ध गराउने भएको छ । 

विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ कम्पनीले मेट्रो सुपर मार्केटसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको हाे । यस अफरअन्तर्गत ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरि स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० रुपैयाँप्रति कारोबार र अफर अबधि भर ३०० रुपैयाँसम्म छुट लिन सक्ने छन् । 

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखाहरुमा क्यु आर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् । 

यस अफर अन्तर्गत मेट्रो सुपर मार्केर्टका पेप्सीकोला, सानेपा र जोरपाटी स्थित शाखामा एन आई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यन क्याश तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । 

Logo