सागमा कमलबहादुरले बोक्ने भए नेपालको राष्ट्रिय झण्डा

आइतबार दशरथ रंगशालामा उद्घाटन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको राष्ट्रिय झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्।

उद्घाटनको दिन हुने मार्चमा कमलले नेपाली खेलाडीहरूको नेतृत्व गर्दै झण्डा बोक्नेछन् । यसअघि नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको नाम सिफारिस भएको थियो । कमलको नाम वैकल्पिकमा थियो ।

नेपाल ओलम्पिक कमिटीले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय अनुभव, पदक र ओलम्पिक सहभागिताका आधार हेरेर तथा क्रिकेट ‌ओलम्पिक खेल नभएकाले पारसको सट्टामा कमलको नाम पक्का गरिएको जनाएको छ ।

काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दशरथ रंगशालामा एक विशेष समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ।

सागमा कमलबहादुरले बोक्ने भए नेपालको राष्ट्रिय झण्डा