कासेमिरोले रातो कार्ड पाउँदा गोलरहित बराबरीमा रोकियो युनाइटेड

कासेमिरोले रातो कार्ड पाउँदा गोलरहित बराबरीमा रोकियो युनाइटेड


१० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेड आफ्नो घरेलु मैदानमा पुछारमा रहेको साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ । ब्राजिलियन मिडफिल्डर कासेमिरोले खेलको ३४ औँ मिनेटमा रातो कार्ड पाएका थिए ।

कार्लोस आल्भारेसलाई फल हानेपछि कासेमिरोलाई सुरुमा पहेँलो कार्ड देखाइएको थियो । पछि भिडियो एसिस्टेन्टको रिभ्यू पछि उनलाई रातो कार्ड देखाइयो । उनले अब ४ खेलमा प्रतिबन्धको सामना गर्नुपर्नेछ । कासेमिरोले गत महिना क्रिस्टल प्यालेसविरुद्धको खेलमा पनि रातो कार्ड पाएका थिए । 

प्रशिक्षक टेन हागले यस निर्णयविरुद्ध अपिल गर्न सक्ने बताएका छन् । प्रिमियर लिग आउन अघि ५ सय खेल खेल्दा पनि रातो कार्ड नखाएका कासेमिरोले प्रिमियर लिगमा दुई पटक रातो कार्ड पाएकोमा उनले आश्चर्य जनाएका छन् । बराबरीपछि पनि युनाइटेड लिगको तेस्रो स्थानमा कायम रहेको छ ।

Logo