युएईविरुद्ध नेपालकाे २०० रन पूरा

युएईविरुद्ध नेपालकाे २०० रन पूरा


नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध २०० रन पूरा गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३५ ओभरमा ५ विकेट गुमाउँदै २०० रन पूरा गरेको हो । हाल क्रिजमा आरिफ शेख ४१ रन बनाएर खेलिरहेका छन्  । उनलाई गुल्सान झाले साथ दिइरहेका छन् । 

यसअघि नेपालका लागि ओपनर कुशल भुर्तेल र युवा व्याटर भीम सार्कीले अर्धशतकीय इनिङ्स खेले । भुर्तेल ५ बलमा ३ चौका र ४ छक्काको मदतमा ५० रन बनाउँदै पवेलियन फर्किए भने सार्की ६७ रनमा आउट भए । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो । सन् २०१९ देखि सुरुआत भएको आइसीसी विश्वकप लिग -२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनभित्र पर्दै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ ।

Logo