व्यापार घाटा कम गर्न स्वदेशी उत्पादन वृद्धि गर्नुपर्छ – उपाध्यक्ष पाण्डे

व्यापार घाटा कम गर्न स्वदेशी उत्पादन वृद्धि गर्नुपर्छ – उपाध्यक्ष पाण्डे


नेकपा एकीकृत समाजवादी नेपालका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन् ।

बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष पाण्डेले नेपालीहरु स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनलाई प्राथमिकता बढी दिने गरेको भन्दै सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन चलाउनुपर्छ भन्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनले  विदेशी उत्पादनलाई प्राथमिकतामा राख्दा अर्बौं व्यापार घाटा भइरहेको उल्लेख गर्दै सबै नेपालीहरुले स्वेदशमा नै उत्पादित सामग्रीहरुको प्रयोग बढाउनुपर्ने बताए। उनले नेपालीहरुले आफ्नै देशमा उत्पादित सामग्रीहरुको प्रयोग गर्ने हो भने व्यापार घाटा नियन्त्रणमा आउने दाबी गरे। 

 

Logo