खुलामञ्च निषेधित क्षेत्र होइन तर खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद- मेयर शाह

खुलामञ्च निषेधित क्षेत्र होइन तर खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद- मेयर शाह


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले खुलामञ्च आन्दोलनका निषेधित क्षेत्र नभएको बताएका छन् ।

मिटरब्याज पीडितहरूलाई खुलामञ्च प्रवेश नदिइएको बारे सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिँदै उनले माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद भएको बताए ।

पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले संघीयतामाथि निर्मम प्रश्न गरिरहेको उनले बताएका छन् । उनले आन्दाेलनलाई ऐक्यबद्धता पनि जनाएका छन् ।

 

Logo