आजदेखि पुरानो बाइकसँग नयाँ रोयल इन्फिल्ड साट्न सकिने

आजदेखि पुरानो बाइकसँग नयाँ रोयल इन्फिल्ड साट्न सकिने


रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले ‘एक्सचेन्ज मेला’ सुरु गरेको छ । 

बुधबारबाट सुरु भएको ‘एक्सचेन्ज मेला’ मा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्याल्युएसन र स्पट फाइनान्सको सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । साथै ग्राहकले क्लासिक ३५० सीसी कालो रङको रोयल इन्फिल्ड मोटरसाइकल खरिद गर्दा विशेष अफर अन्तर्गत १५ हजार मूल्य बराबरको जेन्युइन मोटरसाइकल एसेसरिज पनि प्राप्त गर्नेछन् ।

यस मेलाले ग्राहकहरूलाई पुरानो दुई पाङ्ग्रे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्ने कम्पनीले विश्वास लिएको छ । 

चैत १७ सम्म चल्ने यो कार्यक्रममा रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट सेवा उपलब्ध गराउने छ । 

Logo