चर्च ब्वाइजले जित्यो जीतपुर सिमरा गोल्डकपको उपाधि

चर्च ब्वाइजले जित्यो जीतपुर सिमरा गोल्डकपको उपाधि


चर्च ब्वाइज युनाइटेड क्लबले पहिलो सहभागितामै १३औँ जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २-० ले स्तब्ध पार्दै चर्च ब्वाइज युनाइटेडले उपाधि हात पारेको हो ।

उपाधिसँगै चर्च ब्वाइजले १० लाख नगद र ट्रफी हात पारेकाे छ। उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँ हात पारेकाे  छ । 

जीतपुर सिमरा गोल्ड कपको हाल सम्मका उपाधि विजेता

२०७९ चर्च ब्वाइज युनाइटेड
२०७८ न्युरोड टिम एनआरटी
२०७७ संकटा क्लब
२०७५ थ्रीस्टार क्लब
२०७४ त्रिभूवन आर्मी
२०७३ संकटा क्लब
२०७२ विजय युथ क्लब हेटौंडा
२०७१ त्रिभुवन आर्मी क्लब
२०७० नव जनजागृति युवा क्लब सिमरा
२०६९ मनाङ मर्स्याङ्दी क्लब
२०६८ मनाङ मर्स्याङ्दी क्लब
२०६७ हिमालयन शेर्पा क्लब
२०६६ मजदुर शहीद स्मृति क्लब

Logo