नेपाल साग महिला फुटबल रजतमा सिमित

काठमाडौं, २०७६ मंसिर २३ । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपाली महिला टोली रजतमा सिमित भएकाे छ । फाइनलमा भारतसामु स्तब्ध हुँदै रजत पदकमा चित्त बुझाउनु परेकाे हाे ।

पोखरा रंगशालामा भएको खेलमा भारतले  २–० गोल अन्तरले नेपाललाई  पराजित गर्दै स्वर्ण पदक जित्न सफल भए ।

नेपालविरुद्ध भारतकी एनजी बालादेवीले गोल गरिन् । उनले खेलमा १७ औं र ५५ औं मिनेटमा भारतका लागि गोल गरेकी हुन् ।

 

नेपाल साग महिला फुटबल रजतमा सिमित