बन्द हुँदै ‘ससुराल सिमर का २’

बन्द हुँदै ‘ससुराल सिमर का २’


भारतीय टेलिफिल्म ‘ससुराल सिमर का २’का फ्यानका लागि एउटा निराशको खबर छ । दुई वर्षसम्म दर्शकलाई मनोरञ्जन दिँदै आएको शो अब बन्द हुने भएको छ । यसको सुरुवात सन् २०२१ को २६ अप्रिलबाट भएको थियो ।

यसको हालसम्म ६१९ भाग प्रसारण भइसकेको छ । तर दोस्रो संस्करणको शोले पहिलो संस्करणको जस्तो लोकप्रियता पाउन सकेन । सोहीकारण निर्माताले शोलाई बन्द गर्ने निर्णय लिएका छन् ।

शोमा अविनाश मुखर्जी, राधिका मुथुकुमार, तान्या शर्मा र करण शर्मा प्रमुख भूमिकामा छन् । यो शो सुरु हुँदा दर्शकमा नयाँ आशा थियो । उनीहरुले पहिलो सिजनजस्तै दोस्रो सिजन पनि लामो समयसम्म चल्ने सोचेका थिए । शोको सुरुवात पनि दीपिका कक्कड अर्थात सिमरबाट नै भएको थियो । सुरुवातमा दर्शकले कथा मनपराए पनि विस्तारै शोको टीआरपी पनि घट्दै गयो । त्यहीकारण पनि निर्माण पक्षले शोलाई बन्द गर्ने निर्णयमा पुगेका छन् ।

शो बन्द हुने कारण दीपिकालाई मानिएको छ । किनकी दीपिकाले जब शोको घोषणा गरिन्, तब दर्शक निकै उत्साहित थिए । राधिका मुथुकुमारले नयाँ सिमरको भूमिका राम्रोसँग निभाइन्, तर उनमा दर्शकले दीपिकालाई देख्न पाएनन् । दीपिकाको राम्रो फ्यान फलोइङ छ । शोमा उनले जे काम गरे पनि दर्शकले मनपराउँथे । तर दीपिकालाई प्रमुख भूमिका नदेख्दा दर्शक निराश बने ।

यो बन्द हुने अर्को कारण सुपरनेचुरल इमिलेन्ट पनि हो । केही समयअघि देखि नै शोमा सासु बुहारीको कथाको ठाउँमा सुपरनेचुरल इलिमेन्टलाई दर्शकले हेरेका थिए । प्रमुख कलाकार अविनाश, आरवबाट नाग बनेका थिए । राम्रो शोमा मानिसलाई नागका रुपमा देखाउनु दर्शकलाई पच्न सकेन । जसकारण टीआरपी पनि घट्यो ।

Logo