विज्ञापन बिस्तारले मात्रै सञ्चारमाध्यमलाई धान्ने अवस्था छैनः अध्यक्ष हुमागाईं

विज्ञापन बिस्तारले मात्रै सञ्चारमाध्यमलाई धान्ने अवस्था छैनः अध्यक्ष हुमागाईं


विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले वर्तमान अवस्थामा विज्ञापन बजारलाई बिस्तार गरेर मात्रै सञ्चारमाध्यमलाई धान्नसक्ने स्थिति नभएको बताएका छन् । 

शुक्रवार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै अध्यक्ष हुमागाईंले यस्तो बताएका हुन् । उनले पछिल्लो समय सञ्चार माध्यमको अनियन्त्रित रुपमा गुणात्मक भन्दा पनि संख्यात्मक बिस्तारलाई सुधार गर्न आवश्यक रहेको बताए । 

उनले करिव ३ करोड जनसंख्या भएको मुलुकमा २३० टेलिभिजनहरु दर्ता भएको र १२५ वटा टेलिभिजनले आवेदन दिएको बताए । 

अध्यक्ष हुमागाईंले यस्तो अस्वस्थ्य रुपमा सञ्चार माध्यमको बिस्तारलाई विज्ञापन बजारले धान्न नसक्ने बताए । उनले विज्ञापन बोर्डले आगामी तीन महिनामा विज्ञापन बजारलाई व्यवस्थित गर्ने बताए । सञ्चार माध्यमहरु अहिले संकटमा रहेको बताए । विज्ञापन व्यवसाय विज्ञापन बोर्डले चाहेर मात्रै पनि सुधार हुन नसक्ने उनले बताए ।

अध्यक्ष हुमागाईंले विज्ञापन बजार नबढेसम्म सञ्चारमाध्यमहरु बाच्न नसक्ने बताए । उनले सञ्चार माध्यमहरु नबोचेसम्म यो मुलुकको लोकतन्त्र बाच्न नसक्ने उल्लेख गरे । लोकतन्त्र बचाउनको लागि भएपनि विज्ञापन बजारको दायरा बढ्न आवश्यक रहेको उनले बताए ।
 
त्यस्तै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले अस्थिर सरकारको अस्थिर नीतिको असर निजी क्षेत्रले भोग्नुपरेको बताए । उनले सरकारको नीति स्पष्ट नहुँदा अझै व्यवसाय गर्ने वातावरण नभएको बताए । बैंकको ब्याजदरमा भएको वृद्धिले व्यवसायीहरुलाई थप समस्या बनाएको उनले बताए ।  

उनले चालु आर्थिक वर्षको १० महिना हुँदा समेत पुँजीगत खर्च बढ्न नसक्दा अर्थतन्त्रमा समस्या आएको दाबी गरे । उनले सरकारले नीति क्षेत्रलाई प्रोत्साहन गर्नु पर्नेमा थप समस्या बढाउँदै गएको आरोप लगाए । 

Logo