धनुषामा १२४ किलो गाँजासहित एकजना पक्राउ

धनुषामा १२४ किलो गाँजासहित एकजना पक्राउ


मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले ठूलो परिमाणमा गाँजासहित ट्रक र चालकलाई धनुषाबाट नियन्त्रणमा लिएको छ। 

जनकपुरधामबाट खटेको प्रहरी टोलीले जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनीयाँ चोकबाट १२४ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ना ७ ख ४२५१ नम्बरको ट्रकका चालक हेटौंडाको मकवानपुर–८ मनहरी बस्ने शन्तबिर दोङ रहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराईले जानकारी दिए। 

मकवानपुरबाट भारत पठाउनका लागि ट्रकमा वेल्डिङ्ग गरेर गाँजा लोड गरी ल्याइरहेको अवस्थामा गोप्य सूचनाको आधारमा दोङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Logo