४२ टन चिनीसहित पश्चिम नवलपरासीमा दुई ट्रक सशस्त्रको नियन्त्रणमा

४२ टन चिनीसहित पश्चिम नवलपरासीमा दुई ट्रक सशस्त्रको नियन्त्रणमा


सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भए भन्दा बढी (करिब ४२ टन) चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । 

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट खटिएको टोलीले चिनीसहितका ट्रक नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका ट्रकहरुमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रक बर्दघाटस्थितबाट र लु २ ख ९० नम्बरको ट्रक बर्दघाटको चिसापानीस्थित गाडी ग्यारेजबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जनाएका छन् । 

Logo