स्पेनिस ला लिगामा बार्सिलोना गिरोनासँग बराबरीमा रोकियो

स्पेनिस ला लिगामा बार्सिलोना गिरोनासँग बराबरीमा रोकियो


 

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना गिरोनासँग बराबरीमा रोकिएको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गिरोनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि १५ अंकको अग्रता बनाउने अवसर गुमायो ।  शनिबार रियल मड्रिड भियारियालसँग ३-२ ले पराजित भएपछि बार्सिलोना फाइदा पुगेको थियो । तर जाभीको टिमले पनि गिरोनालाई हराउन सकेन ।

 बार्सिलोना रियलभन्दा अझै १२ अंकले अघि छ । २८ खेलबाट बार्सिलोनाको ७२ अंक छ भने समान खेलबाट रियलको ५८ अंक छ ।

Logo