बालेन शाहले भने- कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार सार्नुहोस्

बालेन शाहले भने- कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार सार्नुहोस्


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकारलाई सिंहदरबार अन्य पालिकामा सार्न सुझाव दिएका छन् । 

केही दिनअघि सरकारप्रति असन्तुष्ट व्यक्त गर्दै सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका मेयर शाहले बिहीबार सामाजिक सञ्जालमा सिंहदरबार र राजधानी सारे पनि काठमाडौं बासीलाई कुनै आपत्ति नभएको बताएका हुन् । उनले सो क्रममा काठमाडौंको हितमा काम गर्न पनि भनेका छन् ।  

‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस  । हामीलाई हाम्रो सम्पदा, संकृती, कला, सभ्यता चाहिन्छ, राजनिती हैन ।’ उनले भनेका छन् । 

आफूले ९ महिना कोसिस गर्दा पनि संघीय सरकार र स्थानीय सरकार (काठमाडौं महानगर)बीच समन्वय गर्न नसकेको खुलाउँदै उनले फोहोर नउठाउने निर्णय गरेको पनि बताएका थिए । तर, यसबारे सरकारले भने काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराएकाे थियाे । 

Logo