चलचित्र ‘हल्कारा’को ट्रेलर रिलिज

चलचित्र ‘हल्कारा’को ट्रेलर रिलिज


नेपाली चलचित्र ‘हल्कारा’को ट्रेलर आज(बिहीवार) सार्वजनिक भएको छ । चलचित्र २९ बैशाखमा रिलिज हुने तय भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि ‘हल्कारा’को ट्रेलर रिलिज गरिएको हो ।२ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवामा कार्यरत युवाको कथा हेर्न सकिन्छ । बैदेशिक रोजगारमा रहेकाहरुको चिठी गाउँ पु-याउँदा ‘हल्कारा’ झेल्नु पर्ने समस्या ट्रेलरमा देख्न सकिन्छ । 

चलचित्रमा अभिनेता महेश त्रिपाठीलाई ‘हल्कारा’को भूमिकामा देख्न सकिन्छ । आइसफल प्रोडक्शनको सहकार्यमा कालिपार स्टुडियोले ‘हल्कारा’ निर्माण गरेको हो । चलचित्रमा त्रिपाठीसँगै बिनिता थापामगरको मुख्य अभिनय छ । 

चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह–लेखन गरेका छन् । चलचित्रमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

चलचित्रले सबैभन्दा पुरानो ‘वल्र्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड जितेको थियो ।

Logo