ओटाकु जात्राको अफिसियल स्मार्टफोन पार्ट्नर रियलमी

ओटाकु जात्राको अफिसियल स्मार्टफोन पार्ट्नर रियलमी


लोकप्रिय स्मार्टफोन ब्रान्ड रियलमीले ओटाकु जात्रामा सहप्रायोजन गरेको छ । ओटाकु जात्रा एनमी, कमिक्स, गेम र पप कल्चर प्रेमीहरुको लागि सबैभन्दा ठुलो फेस्ट हो । 

यो वर्ष ओटाकु जात्रा यही शुक्रबार नववर्षको दिन (वैशाख १,२०८०) दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा हुँदैछ ।

एनमी, म्याबा र गेमिबमा रुची राख्नेहरुको लागि ओटाकु जात्रा नेपालकै ठुलो सबैभन्दा इभेन्ट हो । विगत केही वर्षदेखि हरेक वर्ष आयोजना भईरहेको यस इभेन्टमा कस्प्ले प्रतियोगिता, गेमिब टुर्नामेन्ट, वर्कशपको साथ–साथै लोकप्रिय एनमी र म्याबा आर्टिस्टहरुकोकला प्रदर्शन पनि हुने गर्दछ ।

ओटाकु जात्राको सह–प्रायोजकको साथ–साथै रियलमी यस इभेन्टको अफिसियल स्मार्टफोन पार्ट्नर हो। यस इभेन्टमा रियलमीले आफ्ना रियल फ्यानहरुको लागि विभिन्न रमाइला गेमिब कार्यक्रमहरु र अन्य अन्तरक्रियात्मक कार्यक्रमहरु पनि गर्दैछ ।

साे बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “ओटाकु जात्रासँग सहकार्य गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ । ओटाकु जात्राले जसरी एनमी र म्याबा कल्चरलाई प्रवद्र्धन र सेलेब्रेट गर्दै आइरहेको छ, यो एकदमै प्रशंसनीय छ । रियलमीको उपभोक्ताहरु नै रियलमीको वास्तविक परिचय हुन र यो हाम्रो लागि वहाँहरुसँग अन्तरक्रिया गर्ने र वहाँहरुलाई बुझ्ने सुनौलो अवसर हो। आशा छ यस सहकार्यले हामी र हाम्रो रियल फ्यानहरुसँगको सम्बन्ध अझ नजिक बनाउने अवसर प्रदान गर्नेछ ।”

ओटाकु जात्रासँगको यस सह–प्रायोजनले नेपाली युवा उपभोक्ताहरुसँग विश्वासिलो सम्बन्ध निर्माण गर्ने र नेपाली बजारमा आफ्नो बलियो छाप छोड्ने रियलमीको प्रतिवद्धतालाई झल्काउने कम्पनीले विश्वास लिएकाे छ  ।

Logo