एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान


एनआइसी एसिया बैंकका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार जगदीश प्रसाद अग्रवाल 'सुप्रबल जनसेवाश्री' विभूषणबाट सम्मानित भएका छन्।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिरनाथ पाण्डेका अनुसार संविधान दिवसको अवसरमा घोषित विभूषण अग्रवाललाई शुक्रबार प्रदान गरिएको हो। राष्ट्रपति कार्यालय, राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी तथा व्यवसायी अग्रवाललाई उक्त सम्मान दिएका हुन्।

छ दशकदेखि उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा सक्रिय अग्रवाले विशाल ग्रुपका अध्यक्ष पनि हुन्। उनले मैनावती स्टिल इन्डस्ट्रिज, कमला आइरन एन्ड स्टिल इन्टरनेसल प्रालि, कमला रोलिङ मिल्स प्रालि तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा विभिन्न भूमिका निर्वाह गर्दै आएका छन्। बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनीमा पनि उनको सक्रियता छ।

Logo