कोलकातामाथि मुम्बईको जित, वेंकटेशको शतक काम लागेन

कोलकातामाथि मुम्बईको जित, वेंकटेशको शतक काम लागेन


मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा सानदार जित हात पारेको छ । आइतबार भएको पहिलो खेलमा मुम्बईले कोलकाता नाइट राइडर्समाथि ५ विकेटको जित हात पारेको हो । 

कोलकाताले जितका लागि दिएको १८६ रनको चुनौतीपूर्ण विजयी लक्ष्य पछ्याएको मुम्बईले १७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । मुम्बईका लागि इशान किसानले ५८ रनको अर्धशतीकय इनिङ्स खेले । साथै सुर्यकुमार यादवले ४३ रन, तिलक वर्माले ३० रन, कप्तान रोहित शर्माले २० रन जोडे भने टिम डेभिड २४ रनमा अविजित रहे । 

बलिङतर्फ कोलकाताका सुयाश शर्माले २ विकेट तथा वरुण चक्रवर्ती, लक्की फगुर्सन र शार्दुल ठाकुरले एकएक विकेट लिए । 

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । कोलकाताका लागि शीर्षक्रमका ब्याटर वेंकटेश ऐरको उत्कृष्ट शतक प्रहार गरे ।  उनी ५१ बलमा १०४ रनको सानदार शतकीय इनिङ्स खेल्दै आउट भए । उनको आइपिएल करिअरको पहिलो शतक हो । 

साथै आन्द्रे रसेल २१ रन तथा रिंकु सिंहले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्  । 

बलिङतर्फ मुम्बईका ऋथिक सोकिनले २ विकेट लिए भने पियुष चवाला, डुवान यानसन, राइली मेरीडिथ र क्यामरन ग्रीनले समान एकएक विकेट लिए ।  

जितसँगै मुम्बईले चार खेलमध्ये २ खेलमा जित निकालेर ४ अंक जोडेको छ भने कोलकाताको ५ खेलमा समान जितसहित समान अंक रहेको छ । 

Logo