आज राष्ट्रियसभाको बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

आज राष्ट्रियसभाको बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)


संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । १३ औँ अधिवेशनको १७औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ छलफलका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पूर्वसांसद तेजमान तुम्वाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

 

Logo