राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या


राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ । समस्या देखिएसँगै सोमबार उनलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

चिकित्सकले उनको बायाँ छातीको तल्लो भागबाट भिडियो एक्सरे (अल्ट्रा साउन्ड)को सहायताले परीक्षणका लागि पानी  (pleural fluid) निकालेका छन् । त्यो पानी परीक्षणका लागि पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ । उनी निवास फर्किइसकेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । राष्ट्रपतिको स्वकीय सचिवालयले पनि स्वास्थ्य परीक्षणपछि उनी शीतलनिवासमा फर्किएको जनाएको छ ।

Logo