#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1218083255239445470287081410
नेपाल164233586367752

पारस खड्काकाे टिम चितवनकाे विजयी सुरुआत

पोखरा – पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुआत गरेको छ ।

चितवनले मंगलबार साविक विजेता तथा घरेलु टोली पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १४.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।

चितवनको सहज जितमा बाबर हायत ४२ बलमा ६६ रनमा अविजित रहे । बाबरले ३४ बलमा अर्ध शतक पुरा गरेका थिए । त्यस्तै सन्नी पटेल १८ बलमा २ छक्का र १ चौका सहित २२ रनमा अविजित रहे ।

पाँचौ विकेटका लागि बाबर र सन्नीपले अविजित ५० रनको साझेदारी गरेका थिए । राशिद खानले पहिलो ओभरको पाँचौ बलमै ओपनर अनिल कुमार शाहलाई कट विहाइन्ड निकाल्दै विकेटकीपर विनोद भण्डारीबाट शून्यमा पेभिलिएन फर्काए ।

पाँचौ ओभरको तेस्रो बलमा राशिदलेनै अर्का ओपनर रोहन मुस्तफालाई विनोदबाटै ११ रनमा क्याच आउट गराए । स्पिनर सर्वजीत लड्डाको सातौं ओभरको अन्तिम बलमा कप्तान पारस खड्का ४ रनमा क्याच आउट भए ।  नवौं ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा आरिफ शेख काउकर्नरमा भाई आशिफ शेखबाट १ रनमा क्याच हुन पगे । पोखराका लागि राशिद खान र सर्वजीत लड्डाले २-२ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा पल्टनले निर्धारित २० ओभरमा १ सय ७ रनमा अल आउट भएको थियो । पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले हराएको थियो ।

पोखराले आफ्नो तेस्रो खेल विराटनगर टाइटन्ससँग बुधबार प्रतिस्पर्धा गर्ने छ । चितवनले सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्ससँग विहीबार खेल्ने छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार