विप्लवको टिप्पणी: खै सरकार ! यो सरकार कति दिनको हो ?

विप्लवको टिप्पणी: खै सरकार ! यो सरकार कति दिनको हो ?


नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको सरकारको कुनै आयु नभएको टिप्पणी गरेका छन्। कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले सरकार नै नभएको जिकिर गरे।

उनले भने, ‘चुनाव भएको पाँच छ महिना भइसक्यो। खै सरकार, सरकार नै छैन नि। यो बनेको सरकार पनि कति दिन हो भनेर गन्दै छन् बाहिर, मिडियामा देखिन्छ यति दिन, यो यता, उ उता भनेर। मन्त्री पाएन भने फेरि अर्कै रे। सरकार भनेको जनतामाथि मजाक गर्ने साधन हो ?’ पार्टी र व्यक्तिको स्वार्थका लागि देशलाई कंगाल बनाउने कदम स्वीकार्य नभएको बताए। उनले प्रश्न गर्दै भने, ‘हाम्रो जनता भोक भोकै मर्नुपर्ने? विदेशीको टाङमुनी छिर्नुपर्ने? नवउपनिवेशमा बदलिनुपर्ने?’ सरकारले राम्रो काम गरेर आफ्नो समर्थन रहेन बताए। अहिले बाहिर चर्चा भएजस्तो अर्थतन्त्रमा समस्या नभएको जिकिर गरे।

‘पैसा लुकाइएको छ, केही कोठामा लुकाएर राखिएको सुन्दैछौं। बैंकहरु फाइदामा छन्। केहीले बाहिर लगेर राखेका छन्। संकट होला। तर, बाहिर भनेजस्तो छैन’ उनले भने।

Logo