प्राविधिक परीक्षणपछि चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा

प्राविधिक परीक्षणपछि चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा


चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ।

शुक्रबार अपरान्ह ३ बजेदेखि अकस्मात आएको ठूलो हावा हुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो। 

प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउँसोदेखि केवलकार पुनः सञ्चालनमा आएको छ। प्राविधिक परीक्षणका क्रममा केवलकार सेवा बन्द हुँदा यात्रुहरुमा पर्न गएको असुविधाप्रति चन्द्रागिरि हिल्सले क्षमा मागेको छ।

Logo