#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30733111957169741447522361467
नेपाल627974011712945267

नेपालमा मोटरसाइकल उत्पादनदेखि प्रयोगविहिन आकाशे पुलसम्म (भिडियो सहित)

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आजका टप ५ समाचारहरु मध्ये :

विभिन्न कम्पनीहरुले विदेशबाट पार्ट्सपुर्जा ल्याएर नेपालमा सवारीसाधनको एसेम्वल गर्दै आएका छन् । तर नेपाली युवा इन्जिनियरको एक टोलीले नेपालमा डिजाइन गरेर विद्युतीय मोटरसाइकल उत्पादन गरेका छन् । आज हाम्रो बुलेटिनमा यो प्रमुख समाचार भएर आएको छ ।

यस्तै राजधानीमा सूचना प्रविधिको क्षेत्रमा नयाँ नयाँ खोज र अनुसन्धान गर्न चाहने युवा उद्यमीहरुलाई लक्षित गरेर दुई दिने आइसीटी स्टार्टअप एण्ड इन्नोभेसन मेला सुरु भएको छ ।

उता कर्णाली प्रदेशको १० वटै जिल्लालाई स्वास्थ्य सेवा पुर्याउने लक्ष्य सहित जुम्लामा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ सय सैया छन् । कर्णाली प्रदेशका १० जिल्लाका कतिपय बिरामीहरु सुर्खेत तथा काठमाडौंमा हेलिकोप्टर चाटर्ड गरी उपचार गर्न आउने गर्छन् । छोटो दुरीमा रहेको जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार नगराई सुर्खेत र काठमाडांै जाँदा हेलिकोप्टर चाटर्डमा राज्यकोषको ठूलो रकम दुरुपयोग भईरहेको छ ।

यस्तै सर्वसाधारणले सुरक्षित सडक पार गर्नका लागि ज्रेव्राक्रस, आकाशेपुल र सब वे निर्माण गरिएका हुन्छन् । तर राजधानी काठमाडौंका निकै व्यस्त हुने रत्नपार्क, बानेश्वर, चक्रपथलगायतका ठाउँहरुमा समेत सर्वसाधारणहरु बीच सडकबाट बाटो काटिरहेको देखिन्छ । आकाशेपुल सुनसान देखिन्छन् तर त्यही पुलमूनिबाट पैदलयात्रीहरू हुल बाँधेर बाटो काटिरहेका हुन्छन् । जसले पैदलयात्रीको ज्यान मात्रै जोखिममा परेको छैन ठूलो दुर्घटना समेत हुने गरेका छन् । बाँकी समाचार हेरौं यो भिडियोमा :

 

सम्बन्धित समाचारहरु

ताजा समाचार