बारा -२ मा उपेन्द्र यादवको अग्रता कायमै, रमेश खरेल धेरै पछि

बारा -२ मा उपेन्द्र यादवको अग्रता कायमै, रमेश खरेल धेरै पछि


बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन् । 

जसपा अध्यक्ष यादवले १३ हजार ८ सय ५ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ९ हजार २ सय ३१ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । यस्तै, नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले ४ हजार ५ सय ९५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल २ हजार ३१ मतसहित चाैथाे स्थानमा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो । 

कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मतदान भएको थियो । महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४  वडा समेटिएको छ । 

Logo