एसिसी प्रिमियर कपमा मलेसियाले गर्‍यो सुखद् अन्त्य

एसिसी प्रिमियर कपमा मलेसियाले गर्‍यो सुखद् अन्त्य


एसिसी प्रिमियर कपमा मलेसियाले सुखद् अन्त्य गरेको छ । समुह चरणको अन्तिम खेलमा आज मलेसियाले कतारलाई ३ विकेटले हराउदै सुखद् अन्त्य गरेको हो । मलेसियाको जितमा अमिर अजिम एक्लैले १०३ बलमा ७ चौकाका साथ ७१ रन ल्याए । यस्तै अन्वर रहमानले ३० र विरानदिप सिंहले २५ रन ल्याए भने अन्य ब्याट्म्यानहरुले दोहारो अंक छुन सकेनन् । 

यसअघि मंगलबार मूलपानी क्रिकेट मैदानमा वर्षाले प्रभावित खेलमा टस जितेर ब्याटिङमा उत्रिएको कतारले मलेसियासामु २१६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

कतारले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २१५ रन बनाएको थियो । कतारका इमाल लियानागेले ५६ रन बनाए । खुर्रम सहजादले ४१, इक्रामुल्लाह खानले ३९, मुहम्मद तानविरले २६, जहिर इब्राहिमले १३ र कमरन खानले १२ रन जोडे । मलेसियाका रिजवान हैदर र मुहम्मद वफिकले समान दुई विकेट लिए । विजय उन्नी, खिजार हयात र वीरनदीप सिंहले समान एक विकेट लिए । 

प्रतियोगितामा यी दुई टिम समूह ‘ए’मा छन् । दुवै टिम समूह चरणबाटै बाहिरिइसकेका छन् । समूह ‘ए’को चौथो स्थानमा रहेको मलेसियाले ४ खेलबाट ४ अंक जोडेको छ । ३ खेल खेलेको कतारले अझै खाता खोल्न सकेको छैन ।

Logo