‘हिमालय लोकस्टार’को उपाधि बलराम विश्वकर्मालाई

‘हिमालय लोकस्टार’को उपाधि बलराम विश्वकर्मालाई


 नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बनेका छन्।

बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बिसी, राजेन्द्र घर्ती मगर र पीएन साइँला थिए । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले रु १५ लाखसहित अन्य पुरस्कार प्राप्त गरेका छन्।

‘मैले यो सपनाको कल्पना गरेको थिइन् । हामीजस्ता प्रतिभालाई मञ्च दिए। यसलाई हामीले सदुपयोग गरेका हौँ’, उनले भने । विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गरे।

प्रतियोगितामा साइँला फस्ट रनरअपअर्थात् उपविजेता घोषित भए। उनले रु तीन लाख नगदसहित पुरस्कार गरे। यस्तै क्षेत्री सेकेन्ड रनरअपअर्थात् तेस्रो घोषित हुँदै रु दुई लाखसहित अन्य पुरस्कार प्राप्त गरे।

भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रूपमा कुमार बस्नेत र गुरुको रूपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहेका थिए।

Logo