गण्डकीको मुख्‍यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको दाबी पेश

गण्डकीको मुख्‍यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको दाबी पेश


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी पेश गरेका छन् । 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि भएको आह्वानमा सत्तारुढ दलले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका हुन् । उनलाई कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ ।

एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारले गत वैशाख ९ गते विश्वासको मत गुमाएको थियो । 

Logo