आज थप १०३ जनामा कोरोना संक्रमण, ८ जना आईसीयूमा

आज थप १०३ जनामा कोरोना संक्रमण, ८ जना आईसीयूमा


पछिल्लो २४ घण्टामा देशभर थप १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार एक हजार ९२५ नमुना परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणमा ५० जनामा र एन्टिजेन परीक्षणमा ५३ जनामा कोरोना पुष्टि भएको छ । 

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७५ रहेको छ । 

साथै पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २६ जना, आईसीयूमा ८ जना र एकजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

Logo