परराष्ट्रमन्त्रीसँग राष्ट्रसंघ आवासीय संयोजक हानाकाे भेटवार्ता

परराष्ट्रमन्त्रीसँग राष्ट्रसंघ आवासीय संयोजक हानाकाे भेटवार्ता


नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर–हाम्डीले शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् । 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर सिंगर–हाम्डीले परराष्ट्र मन्त्री साउदलाई भेटेकी हुन् ।

उक्त अवशरमा दुई जनाबीच नेपाल र संयुक्त राष्ट्र संघबीचको सहकार्यका विभिन्न सम्बन्धित विषयमा छलफल भएको थियो । नेपालको सन् २०२६ पछि कम विकसित मुलुकबाट स्तरोन्नति हुने विषयमा पनि छलफल भएको थियो ।

साथै, परराष्ट्र मन्त्री साउदलाई भेट्न बुधबारै नर्वेकी राजदूत टोरन ड्राम्डल पनि मन्त्रालय पुगेकी थिइन् । उक्त अवसरमा दुई जनाबीचमा द्विपक्षीय सम्बन्धका विविध पक्षको बारेमा कुराकानी भएको थियो ।

Logo