#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31273070965628745581822851624
नेपाल652764271761147238

सूचनाको हकको निर्बाधरुपमा अभ्यास भइरहेको छ : प्रधानमन्त्री

फाइल फोटो

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, एकता र अखण्डताको विषयमा बाहेक सरकारले सूचनाको हकको निर्बाधरुपमा अभ्यास गरिरहेको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन ग्रहण गर्दै आइतबार प्रधानमन्त्री ओलीले अरु कसैको अभ्यास र अनुभवको नक्कल गर्नेभन्दा पनि आफ्नै शैलीमा सूचनाको हकलाई अगाडि बढाउने बताएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, “हामी सर्वोत्तम लोकतन्त्रप्रति निष्ठावान छौँ, सोही अनुरुपमा नै हाम्रो व्यवहार निर्देशित हुन्छ ।” सोही अवसरमामा प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, आयुक्तद्वय किरणकुमार पोखरेल र यशोधा तिमिल्सिनाको समेत सहभागिता रहेको थियो ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, संवद्र्धधन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुई जना सूचना आयुक्तहरू रहने व्यवस्था छ । पदाधिकारीहरुको कार्यकाल पुस महिनाको अन्तिममा सकिँदैछ । ऐनअनुसार आयोगलाई सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचना सम्बन्धी अभिलेख, लिखत तथा अन्य सामग्रीको अध्ययन तथा अवलोकन गर्ने लगायत काम, कर्तव्य र अधिकार तोकिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार