चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु


शनिबार अपराह्न चट्याङ लागेर गम्भीर घाइते भएकी ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका-२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ । घरभित्रै बसिरहेका बेला उनलाई चट्याङ लागेको थियो ।  

बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ । 

Logo