#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30974691960838744278622571067
नेपाल627974011712945267

प्रहरीद्वारा ७२ जना चिनीयाँ नागरिक पक्राउ

काठमाडौं ।

महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले आज राजधानीबाट ७२ जना चिनीयाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

नेपालमा अवैध रुपमा बसिरहेका ७२ जना चिनीयाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । केही समय अघिदेखि उनीहरु विभिन्न अपराधमा संलग्न भएको आरोप लाग्दै आएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु विगत लामो समयदेखि काठमाडौंमा विभिन्न पेशा व्यवसाय गर्दै बसोबास गरिरहेका थिए । उनीहरुको भिसा म्याद सकिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो । पक्राउ परेका ७२ जनालाई नै महानगरीय प्रहरी परिसरमा ल्याइअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारहरु