महावीरको माग पूरा भए युवा वर्गको बर्हिगमन रोकिन्छः झलनाथ खनाल

महावीरको माग पूरा भए युवा वर्गको बर्हिगमन रोकिन्छः झलनाथ खनाल


नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।

आईतबार प्रदर्शनस्थल माइतीघर मण्डला पुगेर पुनद्वारा जारी धर्नामा सहभागी हुँदै नेता खनालले पुनका मागहरु सम्पूर्ण जनताको हितको पक्षमा भएको भन्दै यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका हुन् । 

उनले भने, ‘उहाँले जुन प्रकारको विचार अगाडि सारेर देशमा वैज्ञानिक अनुसन्धान हुनुपर्छ, यो हाम्रो राष्ट्रको आवश्यकता र हितका कुराहरु हुन् । आन्दोलन गर्नुपर्ने अवस्था राम्रो होईन् यो कुरा सरकारले आफै गर्नुपर्ने, हाम्रो देशका वैज्ञानिकहरुलाई प्रोत्साहन गर्नुपर्ने हो । यो दुःखद कुरा हो । उहाँको चार वटा मागहरु सम्पूर्ण जनताले समर्थन गर्नुपर्ने मागहरु भएकोले हाम्रो पार्टीले पनि समर्थन गर्छ ।’ 

नेता खनालले वार्ता र सम्झौता गरेर देशमा वैज्ञानिक आविष्कारका कुराहरु अगाडि बढाउन सरकार र प्रधानमन्त्री प्रतिवद्ध हुनु आवश्यक भएको पनि बताए । अबको बजेटमा वैज्ञानिक आविष्कारको विषयलाई समेटेर यो क्षेत्रमा विकास गर्ने हो भने देशका सक्षम युवाहरुलाई बहिर्गमनबाट रोक्न सकिने भन्दै यसको लागि आवश्यक कामहरु अघि बढाउन उनले सबैलाई आग्रह गरे ।  

Logo