आईपीएलमा राजस्थानमाथी मुम्बईको रोमान्चक जित

आईपीएलमा राजस्थानमाथी मुम्बईको रोमान्चक जित


ईन्डियन प्रिमियर लिग(आईपीएल) खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई हराएको छ। घरेलु मैदान वांनखडे स्टेडियममा राजस्थानलाई ६ विकेटले पराजित गरेको छ ।  

राजस्थानले दिएको २ सय १३ रनको लक्ष्य मुम्बईले १९ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। मुम्बईका लागि सुर्यकुमार यादवले २९ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय ईनिङ खेले ।

क्यामरुन ग्रीनले २६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए। मुम्बई दोस्रो ओभरमा नै कप्तान रोहित शर्मालाई गुमाएर दबाबमा आएको थियो। 

तर, दोस्रो विकेटका लागि अर्का ओपनर इशान किशन र क्यामरुन ग्रीनले ३८ बलमा ६२ रनको साझेदारी गरेर टोलीलाई सम्मानजनक स्थितीमा पुर्याएका थिए। 

किशनले २३ बलमा ४ चौकाको सहयोगमा २८ रन बनाए ।  चौथो विकेटका लागि सुर्यकुमार यादव र तिलक बर्माले ३१ बलमा ५१ रनको साझेदारी गरे। 

टिम डेबिडले १४ बलमा २ चौका र ४ छक्काको सहयोगमा अविजित ४५ रन बनाए। बर्माले २१ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २९ रन बनाए । 

डेबिड र शर्माले पाँचौं विकेटका लागि ६२ रनको साझेदारी गरे। राजस्थानका लागि रविचन्द्र आश्विनले २ तथा ट्रेन्ट बोल्ड र सन्दीप शर्माले समान १/१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो।

राजस्थानका लागि ओपनर यसश्वी जैसवालले ६२ बलमा १६ चौका र ८ छक्काको सहयोगमा १ सय २४ रनको शतकीय ईनिङ खेले। जैसवालले ५३ बलमा १३ चौका र ६ छक्काको सहयोगमा आफ्नो शतक पूरा गरेका थिए । आईपीएलमा उनको यो पहिलो शतक हो। 

कप्तान सन्जु सामसनले १० बलमा १४ रन बनाए। ओपनर जस बटलरले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए । जेसन होल्डरले ९ बलमा ११ रन बनाए । 

एकतर्फबाट जैसवाल जमेर खेले पनि राजस्थानका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। राजस्थानले अन्तिम ५ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएको थियो। 

मुम्बईका लागि अर्शद खानले ३ तथा पियुष चावलाले २ विकेट लिए । रिलि मेरिडेथ र जोफ्रा आर्चरले समान १/१ विकेट लिए ।आठौँ खेलमा चार जित तथा चार हार व्यहोरेको मुम्बई १० टोली सहभागी लिगको सातौं स्थानमा उक्लिएको छ।

Logo