एसियन लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै

एसियन लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै


एसियन लाइफ इन्स्याेरेन्सको वार्षिक साधारणसभा साेमबार हुँदै छ। बाराकाे सिमरामा हुन लागेकाे साधारणसभामा कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.४४७ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गरिने छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि एसियन लाइफले वैशाख ८ गते बुक क्लोज गरिसकेको र वैशाख ७ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँलाई बढाएर ६ अर्ब रुपैयाँ पुर्याउन प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । 

Logo