नयाँ सिट्रोन सी ३ नेपाली बजारमा आज सार्वजनिक हुँदै

नयाँ सिट्रोन सी ३ नेपाली बजारमा आज सार्वजनिक हुँदै


नेपाली बजारमा नयाँ सिट्रोन सी ३ आज सार्वजनिक हुँदैछ । नेपालका लागि सिट्रोन कारको वितरक सांग्रिला मोटर्स प्रालिले बुधबार  सो एसयूभी सार्वजनिक गर्न लागेको हो ।

अत्याधुनिक फिचरले भरिपूर्ण कम्प्याक्ट एसयूभी सिट्रोन सी ३ को डिजाइन र स्टाइल स्टेटमेन्टका कारण विश्वभर नै प्रशंसा पाइरहेको छ । यसले नेपाली बजारमा पनि आफ्नो फरक डिजाइन र आधुनिक फिचरले मानक स्थापित गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

सिट्रोन सी ३, सिट्रोन फ्यामिलीमा सिट्रोन सी ५ एयरक्रसको लन्चपछि थपिएको उत्कृष्ट कम्प्याक्ट एसयूभी कार हो । सिट्रोन सी ३ ले सिट्रोन सी ५ एयरक्रस जस्तै नेपाली कार उत्साहीहरू माझ आफ्नो लागि छुट्टै नाम बनाउने आशा गरिएको छ ।

फ्रान्सेली ब्रान्ड सिट्रोन यसको नवीनता, डिजाइन र उत्कृष्टताप्रति प्रतिबद्धताका लागि प्रख्यात छ । आफ्नो आकर्षक शैली, उन्नत सस्पेन्सन प्रणाली र फराकिलो भित्री भागले सिट्रोन सी ३ ले नेपालभरका कार उत्साहीहरूलाई प्रभावित पार्ने कम्पनीको भनाइ छ।

सिट्रोन ब्रान्डसँग आबद्ध रही नेपाली सवारीसाधनप्रेमीहरूका लागि नयाँ र उत्कृष्ट युरोपियन गाडीहरूको अनुभव दिन पाउँदा गर्व लागेको र यसकाे लन्चपछि थप अपडेटहरू छिट्टै आउने पनि कम्पनीले जनाएको छ ।

Logo