नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको फायर, सेफ्टी एण्ड सेक्युरिटी प्रदर्शनी हुने

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको फायर, सेफ्टी एण्ड सेक्युरिटी प्रदर्शनी हुने


नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको फायर, सेफ्टी एण्ड सेक्युरिटी प्रर्दशनी हुने भएको छ । 

आगो र सुरक्षा सम्बन्धि लक्षित वर्गलाई नविनतम प्रविधिसंग साक्षातकार गराउने उद्देश्यका साथ “नेपाल फायर, सेफ्टी एण्ड सेक्युरिटी एक्स्पो २०२३” आयोजना गर्न लागेको स्टार एक्जिविसन, इण्डियाले जानकारी दिएकाे हाे । 

आगोसंग संबन्धित उद्यम, प्रविधि हस्तान्तरण गर्ने तथा मार्केटिङ व्यवस्थालाई सहज बनाउने उद्देश्यले शुक्रबारदेखि भृकुटीमण्डपमा आयोजना हुने उक्त प्रर्दशनी तीन दिनसम्म चल्नेछ । फायर एण्ड सेक्युरिटी एसोसिएसन अफ इन्डिया र एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन  नेपाल (एपीएसए–नेपाल च्याप्टर)को सहकार्यमा प्रर्दशनी हुन लागेको हो। 

प्रदर्शनीमा आगो र सुरक्षासंग जोडिएका सुरक्षाका विभिन्न सामाग्री, नयाँ प्रविधि, तथा इक्विपमेण्ट र इनोभेसनका नयाँ र विकसित संस्करणहरुको प्रदर्शन गरिने आयोजकले बताएको छ । एक्स्पोमा नेपाल, भारत तथा चीनबाट गरी ८० भन्दा बढी कम्पनी सहभागि हुनेछन् । 

एक्सपोले विभिन्न सरकारी निकाय, निजी क्षेत्र र सरोकारवालाहरुलाई एकै स्थानमा ल्याएर नयाँ प्रविधिसंग साक्षातकार गराई सम्पूर्ण जानकारी उपलब्ध गराउने तथा व्यापार गर्ने वातावरण बन्ने अपेक्षा आयोजकको छ । 

Logo